Rule 38
मतदाता प्रमाणित गर्नु पर्ने
(१) कुनै निर्वाचन क्षेत्रको मतदाता नामावलीमा नाम दर्ता भएको कुनै
आफू सो निर्वाचन क्षेत्रको मतदाता भएको व्यहोरा प्रमाणित गराउन चाहेमा आयोग, जिल्ला निर्वाचन कार्यालय वा आयोगबाट अधिकार प्राप्त अधिकारी समक्ष दश रुपैयाँ दस्तुर वा सो बराबरको हुलाक टिकट टाँसी दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दरखास्त प्राप्त भएमा आयोग, जिल्ला निर्वाचन कार्यालय वा आयोगबाट अधिकार प्राप्त अधिकारीले त्यस्तो दरखास्त दिने व्यक्तिको नाम मतदाता नामावलीमा भए मतदाता भएको व्यहोरा प्रमाणित गरिदिनु पर्नेछ ।